श्रीमानको हत्या गरेर प्रहरीलाई जानकारी

Posted on: 11 Apr, 2022

चैत्र २८, कैलाली | कैलालीको मोहन्यालमा  श्रीमतीले आफ्नै श्रीमानको हत्या गरेकी छन् । मोहन्याल गाउपालिका वडा नम्बर १ ,स्थित राक्सामा घर भएकी चुमा कुमारी थापा बुढामगरले ४३ वर्षीया नारायण बुढा मगरको  हत्या गरेकी हुन् ।​ चुमा कुमारी थापा बुढामगरले आइतबार राति धारिलो हतियारको प्रयोग गरेर श्रीमानको हत्या गरेको स्विकार्दै ईलाका प्रहरी कार्यालय पणडौनमा जानकारी गराएकी छिन् ।

मृतक नारायण बुढा मगरको टाउको र शरीर अलग पारिएको अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ । मृतकको मुचुल्का उठाउन र दोषीलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालयबाट घटनास्थलमा प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यलय कैलालीका प्रवक्ता बेदराज जोशीले  जानकारी दिए।


यस बिषयमा तपाइको प्रतिक्रिया...!