मनसुनमा रमाइरहेको काठमाडौं (फोटो फिचर)

Posted on: 06 Aug, 2022

साउन २१, काठमाडौं | प्रकृतिसँग रमाउन न कुनै सीमा न कुनै बाँध, रमाउनका लागि न कसैले संवाद गर्छन् न कसैले विवाद, प्रकृतिमा हरेक बेला रमाउन सकिन्छ । जीवनको गतिलाई नयाँ तरिकाले फरक प्रवाहमा हिँडाउन कहिले काहिँ प्रकृति नै निर्णायक बन्छ । मनलाई खुसी बनाउन र मन बहलाउनका लागि एकान्तको साथी बनिदिन्छ । 


काठमाडौंको प्रकृति पनि त्यो भन्दा फरक छैन । बीच सहरमा भन्दा अलि भित्री गाउँतिर प्रवेश गरेपछिको काठमाडौंको स्वरूप नै फरक छ । अरू बेला धुवाँ र धुलोले हेरि नसक्नु हुने काठमाडौं सिमसिम पानीमा पानीसँगै खेलौँ खेलौँ लाग्ने बनाउँछ । प्रकृतिसँगै रमाउन मन लाग्ने बन्छ । प्रकृतिको छटामा एकपटक नियाल्न मन लाग्छ अनि त्यसमै हराउन । 


हाल नेपालमा मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणमा अवस्थित छ । यति बेला केही स्थानमा अविरल वर्षाका कारण जनजीवन प्रभावित बनिरहेको छ । बाढी,पहिरो र भूक्षयको त्रास पनि त्यत्तिकै छ ।

प्रकृतिको खेल कतै खुसीयाली त कतै रूवाबासी । कतै प्रकृतिकै कारण खुसी मिलेको छ त कतै प्रकृतिकै कारण उठीबास भएको छ । यो अवस्थामा एकले अर्काको साथ लिई सबैले प्रकृतिको संरक्षण गर्दै होस्टेमा हैँसे मिलाएर सुरक्षित र सतर्कता अपनाइ प्रकृतिमा रम्न र रमाउन सक्नुपर्छ । 

अर्कोतिर मनसुनबाट नै मानिसले प्रकृतिको भरपूर मनोरञ्जन लिइरहेका छन् । अन्नबाली उत्पादनको लागि पनि यति बेला प्रकृतिले पानी वर्षाइदिन्छ । साँच्चिकै प्रकृति एउटा रचनाको श्रोत हो । भएका फोहोरलाई पन्छाएर अघि बढ्नसके प्रकृतिले पनि हामी मानवलाई त्यत्तिकै प्रेम गर्नेछ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!