रारा तालमा पद यात्रा तथा सरसफाई अभियान हुँदै

Posted on: 23 Nov, 2018

मङ्सिर ७, काठमाडौं । रारा तालमा आर्ट समिट ट्राभल तथा होटेल हिलसाइड कालिकोटको संयुक्त आयोजनामा सरसफाई कार्यक्रम गरिने भएको छ । शुक्रबार राजधानीको संवाद डबलीमा आर्ट समिट ट्राभल्स एण्ड टुर्स प्रालिले पत्रकार सम्मेलन गरेर सो जनकारी दिएको हो ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको प्रमुख आतिथ्यतामा समापन गरिने कार्यक्रम ‘हाम्रो नेपाल नेपालीलाई चिनाऔँ ’ भन्ने मूल नाराका साथ यही मंसिर १४ गते हुने भएको छ । सस्तो तथा शुलभ खर्चमा काठमाडौं देखि रारा तथा पुन राराबाट काठमाडौंसम्मको जम्मा १६ हजार ५ सय रुपैयाँमा ७ दिने भ्रमण गर्न सकिने आयोजकले जनाएको छ ।


कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित नेपालको ठुलो र प्रसिद्ध तालमा गर्न लागिएको अभियान विशेष गरी पर्यटकीय क्षेत्रको प्रबद्र्वन गर्ने उद्देश्य रहेको आर्ट समिट ट्राभल्स प्रालिका प्रवन्धनिर्देशक सोमबहादुर तामाङ्गले बताए । साथै सो कार्यक्रको मेडिया पर्टनरका रुपमा संवाद डबली प्रेस क्लब, अनलाइन डबली डटकम तथा बीज पटी डटकम रहेको पनि तामाङले बताए ।

यो ताल समुद्र सतह देखि २,९७२ मिटर उचाईंमा रहेको छ । मुगु जिल्लाको सदरमुकाम गमगढीबाट परिश्चमतर्फ करीब ३ घण्टाको पैदलयात्रा पछि राराताल पुगिन्छ ।

१०.८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको तालको अधिकतम लम्वाई ५ किलोमिटर र अधिकतम चौडाई ३.२ किलोमिटर छ भने गहिराई १६७ मिटर रहेको छ ।

प्रकृतिको उपहारको रूपमा सिर्जित रारा ताललाई रारा राष्ट्रिय निकुञ्जको मनोरम हरियाली र कस्तुरी, रतुवा जस्ता जन्तुहरूका साथै नेपालको राष्ट्रिय चरा डाँफे र अन्य चरा चुरुङ्गीहरूले थप शोभा पुर्याएका छन् ।

यसको वरिपरि विस्तारित राष्ट्रिय निकुञ्ज १०६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । यो ताल नेपालकै सान र गौरब हो । धेरैले तालको नाममात्रै सुनेका छन् । हेर्ने अबसर पाएका छैनन् । 

आम नेपालीहरुले एक पटक रारा पुग्नै पर्ने भए पनि भौगोलिक कठिनाईसँगै योजनावद्ध रुपमा रारा पुग्ने वातावरण नभएकोले चाहेर पनि जान सकिएको छैन ।


तर ‘आर्ट समिट ट्राभल एण्ड टूर्स प्रालि’ ले विगत २ वर्षदेखि योजनाबद्ध रुपमा ‘राराताल भ्रमण’ सुलभ दरमा गराउंदै आएको छ ।

उसले यही मंसिर १४ गते प्रस्थान गरि ६ रात ७ दिनको लागि नेपालीलाई सस्तोमा रारा ताल घुमाउनुका साथै रारा पदमार्ग सरसफाई पनि गर्दैछ ।

आन्तरिक एवं बाह्यपर्यटकको बढ्दो चापसँगै पदमार्गमा प्लाष्टिकजन्य फोहरको मात्रा बढ्दै गएको र त्यसको सफाई नगरिए राराको सौन्दर्य बिग्रिने खतरा बढेका कारण सो कार्यक्रममा १५ वटा डस्वीन ३ सय देखि ५ सयको दुरीका राख्ने प्रवन्धनिर्देशक सोमबहादुर तामाङ्गले बताए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!