छथर गाउँपालिकाका एमालेका वडा अध्यक्षसहित ३ जना पक्राउ

Posted on: 12 May, 2022

वैशाख २९, तेह्रथुम | तेह्रथुमको छथर गाउँपालिकाका नेकपा एमालेका वडा अध्यक्ष सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

गठबन्धनका कार्यकर्तालाई बाहिरबाट मानिस ल्याएर कुटपिट गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा छथर गाउँपालिका वडा नम्बर–२ का वडा कमिटीका अध्यक्ष मन बहादुर खड्का, कृष्ण बहादुर कार्कि र मेदुना राना मगर छन् । मेदुना रानामगर चालक हुन् । उनिहरुलाई अहिले इलाका प्रहरी कार्यालय बसन्तपुरमा राखिएको छ । 

आरोपीहरुबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका डिएसपी थापाले बताए । योजनाबद्ध आक्रमणबाट सत्तारुढ गठबन्धनका कार्यकर्ता घाइते भएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!