१० वर्षीया बालिका बलात्कार अभियोगमा ६३ वर्षीय वृद्ध पक्राउ

Posted on: 03 Nov, 2022

कात्तिक १७, तनहुँ | तनहुँमा १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक ६३ वर्षीय वृद्ध पक्राउ परेका छन् । शुक्लागण्डकी  नगरपालिका-८ गणपते बस्ने राम्जी बहादुर थापा क्षेत्रीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो । 


स्थानीय जंगलमा अमला टिप्न जाने भन्दै ललाई फकाई ती बालिकालाई लगेर थापाले बुधबार बिहान जबरजस्ती करणी गरेको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यता दाङमा ४४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका-१४ चौपरीया बस्ने २७ वर्षीय दुर्गा बहादुर चौधरीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित धान काट्न गएकी ती महिलालाई चौधरीले जबरजस्ती करणी गरेको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मलवारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!