पल शाहका दुई निवेदन एकसाथ पेश गर्न पोखरा उच्च अदालतको आग्रह

Posted on: 28 Apr, 2022

वैशाख १५, पोखरा | उच्च अदालत पोखराले बलात्कारको आरोप लागेका पल शाहले दर्ता गरेका दुई छुट्टाछुट्टै निवेदन एकसाथ पेश गर्न आदेश दिएको छ ।

जिल्ला अदालत तनहु र नवलपुरबाट आफूलाई थुनामा राख्ने भनी गरेको आदेशविरुद्ध शाहले उच्च अदालत पोखरामा छुट्टाछुट्टै निवेदन दिएका थिए ।

उच्च अदालतले ती दुवै निवेदन एकसाथ पेश गर्नु भनी आदेश गरेको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!