तनहुँबाट कर्तव्य ज्यान मुद्दामा संलग्न तीन जना पक्राउ

Posted on: 25 Apr, 2022

वैशाख १२, तनहुँ | कर्तव्य ज्यान मुद्दामा संलग्न रहेको आरोपमा तीन जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा शुक्लागण्डकी नगरपालिका–१० बस्ने ३८ वर्षीय बिमल सुनार, सोही नगरपालिका–८ बस्ने २५ वर्षीय सुशिल बिक र सोही नगरपालिका–३ बस्ने ४७ वर्षीय होम बहादुर बिक रहेका छन् ।

शुक्लागण्डकी नगरपालिका–५ गल्छिना बस्ने २९ वर्षीय बिशाल ढुंगाना केही दिनअघि सोही नगरपालिका–४ र ५ को सिमाना कबरस्थानस्थित पानी जमेको खोल्सामा मृत अवस्थामा फेला परेका थिए ।

घटना सम्बन्धमा थप अनुसन्धान गर्ने क्रममा संलग्न उनीहरुलाई सोही नगरपालिका–१० ढोरफिर्दीबाट प्रहरीले पक्राउ गरेको हो । 

उनीहरुमाथि जिल्ला अदालत तनहुँबाट १२ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!