गण्डकीको नतिजा : कांग्रेसले आफ्नो गुमाए, नयाँ भित्र्याए

Posted on: 23 May, 2022

जेठ ९, पोखरा | मुस्ताङको लोमान्थाङ, बारागुङ र थासाङ वर्षौंदेखि कांग्रेसको गढ मानिन्थ्यो । यसपालि दुवै पालिकामा एमाले विजयी भयो । एमालेको पकड भएको घरपझोङ यसपालि कांग्रेसले फुत्कायो । यसअघि तीन पालिका प्रमुख जितेको कांग्रेसले अहिले तीनवटै गुमायो, जुन एमालेले जितेको छ । एमालेले लो घेकर दामोदर कुण्ड भने सुरक्षित गरेको छ । पर्वतमा पनि एमालेले दुई पालिका गुमायो । बिहादी र फलेबासमा कांग्रेस इन्ट्री हुँदा एमाले महाशिला र मोदीमा मात्रै सीमित भएको छ ।

                                       

कास्कीको मादी र माछापुच्छ्रे बहुमतसहित एमालेले जितेका पालिका हुन् । अहिले दुवै पालिकामा कांग्रेसले सानदार जित निकालेको छ । कांग्रेसले बहुमतसहित जितेको अन्नपूर्णमा भने एमालेले सानदार साथ जित्यो । स्याङ्जाको पुतलीबजार र गल्याङ नगरपालिका अप्ठयाराे अवस्थामा पनि एमालेको जित हुने पालिका हुन्, जहाँ यसपालि कांग्रेसले इन्ट्रि मार्‍यो । नवलपुरका बुलिङटार, बौंदीकाली, मध्यविन्दु, विनयी त्रिवेणीलगायत पालिकामा एमाले विजयी भएको छ, जहाँ यि पालिका कांग्रेसले बहुमत बटुल्ने पालिका हुन् ।

एमालेले यसअघि जितेका लमजुङको राइनास र सुन्दरबजारको मेयर गुमायो । कांग्रेसले दुधपोखरी र मध्यनेपाल जोगाउँदै एमालेले गुमाएको राइनास र सुन्दरबजारमा इन्ट्रि मार्‍यो । बेँशीसहर, क्होंलासोथर, दोर्दी र मर्स्याङ्दीमा एमालेले आफ्नो सिट सुरक्षित गरेको छ । गोरखामा कांग्रेसले यसअघि जितेका सात पालिका प्रमुख गुमायो । गण्डकी, गोरखा नगरपालिका, पालुङटार, भीमसेन थापा, धार्चे, चुमनुब्री र अजिरकोट गाउँपालिकाको प्रमुख पद माओवादीले जित्यो । यसअघिको आरुघाट र सिरान्चो भने कांग्रेसले सुरक्षित गरेको छ । माओवादीले जितेका शहीद लखन र बारपाक सुलिकोट माओवादीकै भागमा परेको छ ।

तनहुँमा एमालेले झनै थपेको छ । देवघाटको प्रमुख गुमाएको एमालेले बन्दिपुर र म्याग्देको प्रमुख थप्यो । कांग्रेसले दुई पालिका गुमायो । आँबुखैरेनी र म्याग्देको प्रमुख कांग्रेसले गुमाउँदा माओवादी बराबर अवस्थामा छ । माओवादीले यसअघिको बन्दीपुर गुमाउँदा आँबुखैरेनी थपेको छ । देवघाट भने कांग्रेसले समात्यो ।

मनाङ २०७४ साल र अहिलेमा खासै भिन्नता छैन । ०७४ सालमा कांग्रेसले जितेको नासों र नार्पाभूमि अहिले पनि कांग्रेसले नै जितेको छ भने एमालेले जितेको चामे र मनाङ ङिस्याङ एमालेकै पोल्टामा छ । म्याग्दीमा एमालेले धवलागिरी गुमायो, जुन कांग्रेसले जितेको छ । कांग्रेसले गुमाएको अन्नपूर्ण, बेनी र मालिकामा एमालेले इन्ट्रि मारेको छ ।

बागलुङमा यसपालि एमालेलाई निकै धक्का लाग्यो । यसअघि जितेका चार पालिकामध्ये तीन पालिका अहिले गुमाएको छ । एमालेले गुमाएका तीन वटैमा कांग्रेस विजयी भएको छ । ढोरपाटन भने एमालेले सुरक्षित गर्‍यो । यसअघि कांग्रेसले जितेको जैमिनी नगरपालिकाको प्रमुख गठबन्धनबाट जनमोर्चालाई दिइएको थियो ।

समग्रमा कांग्रेसले यसअघि जितेका २१ पालिका प्रमुख गुमाएको छ भने १२ वटा नयाँ पालिकामा चुनाव जितेको छ । एमालेले १४ पालिका गुमाएर नयाँ  १४ वटै नयाँ पालिकामा चुनाव जितेको छ । माओवादीले भने यसअघिको एउटा पालिका गुमाएर आठ वटा पालिका नयाँ जितेको छ । ८५ पालिकामध्ये झण्डै आधा अर्थात ३६ पालिकामा नयाँ पार्टीले चुनाव जितेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!