बैदेशिक रोजगार न्यायाधिकरणको छाप तथा कर्मचारीको दस्तखत किर्ते गर्ने एक जना पक्राउ

Posted on: 20 May, 2022

जेठ ६, काठमाडौँ | सरकारी छाप तथा कर्मचारीको दस्तखत किर्ते गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा म्याग्दे गाउँपालिका–७ घर भई व्यास नगरपालिका–२ कालिकामार्गस्थित ग्यालेक्सी कम्प्युटर एण्ड आइटि सेन्टर संचालन गरी बस्ने २७ वर्षीय रुद्र गदाल रहेका छन् । उनलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । 

बैदेशिक रोजगार न्यायाधिकरणको छाप तथा कर्मचारीको दस्तखत किर्ते गरी कम्प्युटर माध्यमबाट सक्कली सरह बनाइ प्रयोगमा ल्याउने गरेको अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ । 

प्रहरीले उनको कोठाबाट किर्ते बनाउन प्रयोग भएको कम्प्युटर समेत बरामद गरेको छ । 

उनीमाथि सरकारी छाप दस्तखत किर्ते मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!