कांग्रेस बैठकमा कुटाकुट, घाइतेलाई काठमाडौं ल्याइयो

Posted on: 25 Dec, 2017

पुस १०, स्याङ्जा । स्याङजामा नेपाली कांग्रेसका कार्यकर्ताबीच कुटाकुट हुँदा २ जना घाइते भएका छन् ।

नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नम्बर २ ले गरेको चुनावी समीक्षा बैठकमा कुटाकुट हुँदा २ जना घाइते भएका हुन् । घाइतेमध्ये भेषराज अर्याललाई पोखराबाट हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ ।

अर्का घाइते सुशील काफ्लेको स्याङ्जामै उपचार भैरहेको छ । नेपाल विद्यार्थी संघ स्याङ्जाका नेता भेषराज अर्यालले कांग्रेसलाई भोट नदिन आग्रह गरेको रेकर्ड बैठकमा प्रस्तुत गर्न खोजेपछि झडप भएको थियो ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!