दिमिक युथ क्लबका युवाहरु उदारणीय कार्यमा अग्रसर

Posted on: 15 Sep, 2020

भदौ ३०, स्याङ्जा । स्याङ्जाको दिमिक युथ क्लबले भने भौतिक दूरी कायम गर्दै न्यून विद्यार्थीहरुको विभिन्न सिफ्ट बनाएर करिब एक महिनासम्म नि:शुल्क कक्षा सञ्चालन गरेको छ । विद्यार्थीहरुलाई चौतारी एवं खुला क्षेत्र,सामुदायिक भवनहरुमा राखेर क्लबकै शिक्षा समितिद्वारा करिब एक महिनासम्म नि:शुल्क कक्षा सञ्चालन गरिएको हो ।

माक्स,सेनिटाईजर,साबुनपानी लगायतका स्वास्थ्य सामग्रीसहितको सतर्कताका साथमा न्यून विद्यार्थीहरुको विभिन्न सिफ्ट बनाएर  कक्षा सञ्चालन क्लबका अध्यक्ष ढाकाराम भट्टराईले जानकारी दिए । कोभिड-१९ ले सिर्जना गरेको समस्याका कारण बालबालिकाहरुको औपचारिक पठनपाठन पुर्ण रुपले ठप्प नहोस् भनेर क्लवको सक्रियतामा अभिभावकहरु र बालबालिकाहरुका विभिन्न समस्याहरु र गुनासाहरुलाई मध्यनजर राख्दै अध्ययन सहजीकरण गरिएको भट्टराईले बताए ।


भौतिक दूरी कायम गर्दै माक्स,सेनिटाईजर,साबुनपानी लगायतका स्वास्थ्य सामग्रीसहितको सतर्कताका साथ नि:शुल्क कक्षा सञ्चालन गरिएको थियो क्लबका अध्यक्ष भट्टराईले भने 'तर अहिले भने जिल्लाका विभिन्न समुदाय स्तरमा कोरोना फैलिएकोले कारणले गर्दा जिल्ला र नगर प्रशासनका आदेशहरु शिरोधार्य गर्दा पठनपाठन पुनः सञ्चालनमा अप्ठ्यारो परेको छ।' 

कोरोना महामारीको अवस्था सामान्य हुँदै गएपछि आगामी दिनमा पनि आफ्ना क्षेत्रमा रहेका विभिन्न बिद्यालयहरुमा अध्ययरत बाबुनानीहरुलाई विभिन्न अतिरिक्त क्रियाकलाप र शैक्षिक गतिविधिद्वारा फेरी जोड्ने योजना रहेको उनले बताए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!