तीजको नाच हेर्न गएका युवाबीच झडप हुँदा सुर्खेतमा एक जनाको मृत्यु

Posted on: 31 Aug, 2022

भदौ १५, सुर्खेत | हिन्दू नारीहरुको विशेष पर्व तीजको नाच हेर्ने क्रममा झडप हुँदा सुर्खेतमा एक युवकको मृत्यु भएको छ ।


जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगर नगरपालिका -१०, स्थित बामेखोलामा मंगलबार राति युवाहरूबीच झडप हुँदा सोही ठाउँका २१ वर्षीय रोशन जिसीको मृत्यु भएको हो ।

जिसीलाई केही युवाहरूले कुटपिट गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवंम् डीएसपी सुरज कार्कीले जानकारी दिए ।

‘तीजको नाच हेर्नेक्रममा कुटपीट हुँदा एक पुरुषको ज्यान गएको छ । उनको उपचारका लगि अस्पताल लैजाने क्रममा मृत्यु भएको भन्ने आएको छ,’ सुर्खेतका प्रहरीले बताए ।

घटनामा संलग्न रहेको भन्ने आधारमा चार जनालाई पक्राउ गरिएको पनि जनाइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!