खराब मौसमका कारण कर्णालीको हवाई उडान प्रभावित

Posted on: 28 Jun, 2022

असार १४, सुर्खेत | मौसममा आएको खराबीका कारण कर्णालीकाे हवाई उडान प्रभावित भएको छ । माैसम बदलिकै कारण मंगलबार काठमाडौंबाट सुर्खेतमा हुने हवाई उडानहरू रद्द भएका छन् भने सुर्खेतबाट हुम्ला, डोल्पामा हुने हवाई उडान तीन दिनदेखि बन्द छ । 

असुरक्षित नेपालगन्ज विमानस्थल

सडक सञ्जाले नजोडिएकाे जिल्ला डोल्पा र हुम्लामा हवाई उडान नहुँदा यात्रुहरू समस्यामा परेका छन् । नेपालगञ्ज र सुर्खेत आउने र जानेहरू एयरपोर्टमै बस्न बाध्य भएकाे डोल्पाका सदरमुकाम दुनैका रामबहादुर बुढाले बताए । ‘सडक सञ्जलासँग नजोडिएको हवाइ मार्गमार्फत यात्रा गर्दै आएका थियौं ।’ उनले भने, ‘तीन दिनदेखि हवाई उडान नहुँदा सास्ती भोग्नु परेको छ ।’

मंगलबार बिहानदेखि कर्णालीमा भारी वर्षा सुरु भएका कारण काठमाडौंबाट सुर्खेत उडान भर्न लागेको बुद्ध एयर जहाज काठमाडौंमा डिले भएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!