कांग्रेसको सुर्खेत जिल्ला सभापतिमा पोखरेल सर्वसम्मत

Posted on: 28 Nov, 2021

मंसिर १२, सुर्खेत | नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत सुर्खेतको जिल्ला अधिवेशनबाट सभापतिमा खड्ग पोखरेल सर्वसम्मत चयन भएका छन् । शनिबार भएको जिल्ला अधिवेशनले पोखरेललाई सर्वसम्मत चयन गरेको हो । 

मनोनयन दर्ताको लागि तोकिएको अवधिमा पोखरेलको मात्रै उम्मेदवारी परेपछि उनी सर्वसम्मत सभापति चयन भएका हुन् । यस्तै, उपसभापतिमा विष्णु खड्का र टोपबहादुर रावत, सचिवमा देवकुमार सुवेदी र बालदिप कँडेल, सह–सचिवमा हरि विष्ट र प्रकाश डिसी मैदानमा छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!