नीति तथा कार्यक्रम पुस्तिकाको छपाइमा आर्थिक अनियमितताको आशंका

Posted on: 08 Apr, 2022

चैत्र २५, सुर्खेत | दैलेख नारायण नगरपालिकाको आर्थिक वर्ष ०७८/०७९ को वार्षिक नीति तथा बजेट कार्यक्रम पुस्तिकाको छपाईमा आर्थिक अनियमितताको आशंक गरिएको छ । एउटै किताब छपाईको मूल्य एक हजार तीन सय ४५ रुपैयाँ राखिएपछि अनियमितताको आशंका गरिएको हो । 

नगरपालिकाले मागेको कोटेशनमा सबैभन्दा कम मूल्य प्रतिकिताब एक हजार तीनसय ४५ रुपैयाँ कवोल भएको भन्दै एक छापाखानालाई दुई सय ३० वटा किताब छाप्न दिएको छ ।

किताब छाप्नका लागि प्रतिकिताब एक हजार तीन सय ४५ का दरले तीन लाख नौ हजार तीन सय पचास रुपैयाँ भुक्तानी गरेको पाइएको हो । यो विषयमा परेको मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतमा विचाराधीन अवस्थामा छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!