सुनसरीमा शुक्रबार राति १२ बजेदेखि निषेधाज्ञा

Posted on: 29 Apr, 2021

वैशाख १६, धरान । जिल्लामा कोरोना सङ्क्रमित बढेपछि सुनसरी प्रशासनले निषेधाज्ञा लगाउने भएको छ । सुनसरी जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले सुनसरी क्षेत्रभित्र शुक्रबार १२ बजे रातिदेखि यही २४ गते रातिसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको कार्यालयका सूचना अधिकारी महेशकुमार पोख्रेलले जानकारी दिनुभयो ।   

 यो अवधिमा अत्यावश्यकबाहेक हिँडडुल र सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

सर्वसाधारणलाई कतै ननिस्की घर बस्ने आदेश जारी गरिएको छ भने सरकारी कार्यालयहरुमाथिको निर्देशन  आलोपालो गरेर सेवा प्रभाव गर्न भनिएको छ । सवारी साधन जोरविजोर प्रमाणीमा मात्र सञ्चालन गर्न पाइने जिल्ला प्रशासनले जनाएको छ । यता खाद्यान्नका पसलहरु बिहान ६ बजेदेखि ११ बजेसम्म मात्र खोल्न दिइने छ । 

सिमानाबाट सङ्क्रमण आउने खतरा टार्न जिल्लाको भण्टाबारी नाकाबाट विदेशी नागरिकलाई प्रवेश निषेध गरिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!