सुनसरी–३ मा विजय गच्छदारलाई पछि पार्दै भगवती चौधरी जित नजिक

Posted on: 29 Nov, 2022

मङ्सिर १३, काठमाडौँ | सुनसरी–३ मा नेकपा एमालेकी भगवती चौधरी जित नजिक पुगेकी छन्। 


नेपाली कांग्रेसका विजयकुमार गच्छदारभन्दा ५ हजार ५३५ मतले अगाडि रहेकी चौधरी जित नजिक पुगेकी हुन्।

चौधरीले ३६ हजार १३३ मत ल्याएकी छन् भने उनका निकटतम प्रतिस्पर्धी गच्छदारले ३० हजार ६०१ मत ल्याएका छन्। अब १० हजार ६२४ मत गन्न बाँकी छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!