साहित्यकार पागलको निधन

Posted on: 01 Apr, 2020

चैत १९, काठमाडौँ | पूर्वाञ्चलका प्रसिद्ध साहित्यकार उपेन्द्र पागलको आज ७७ वर्षका उमेरमा निधन भएको छ । एक वर्षदेखि दमरोगबाट पीडित  पागलको आफ्नो जन्मस्थान सुनसरी, मधेशा ७  मा निधन भएको हो । 

उनि निबन्ध, कथा, कविता, समालोचना र चित्रकलामा प्रसिद्ध थिए । उनका ११ कृति प्रकाशित छन् । हाल उनले उराँव जातिका बारेमा लेख्दै गरेको  डा भीम खतिवडाले जानकारी दिए । उनको आजै इटहरीस्थित बूढीगङ्गाघाटमा दाहसंस्कार गरियो । उनका छ छोरी छन् । 

साहित्यकार पागल पछिल्ला दुई वर्ष स्वाथ्य समस्याले निकै गलेका थिए । चार महिनादेखि उनी घरमा भन्दा धेरै अस्पतालमा बसेका थिए । अस्पताल र घर ओहोरदोहोर गर्दा पनि उनमा आफ्नो प्रकासोन्मुख पुस्तक ‘उरावँः जाति र संस्कृति’को अत्यधिक चासो थियो । 

आज दिँउसो २:२५ मा पागलको देहवासन भएपछि उनको उराँव जातिबारेको पुस्तक लोकार्पण गर्ने सपना पूरा हुन पाएन।

यस बिषयमा तपाइको प्रतिक्रिया...!