श्रीमती घमण्डी नहोस् भन्दै चिट्ठामा जितेको ४ अर्ब रुपैयाँ गोप्य राखेपछि...

Posted on: 31 Oct, 2022

 एजेन्सी | दक्षिण चीनका एक व्यक्तिले चिट्ठामा २२० मिलियन युआन (३०.६ मिलियन अमेरिकी डलर) जितेका छन् तर उनले यो कुरा सबैबाट गोप्य राखेका छन् । चिट्ठामा जितेको रकमले श्रीमती र आफ्ना बालबच्चालाई अहंकारी र अल्छी बनाउने हो कि भन्ने चिन्ताले आफूले सो कुरा लुकाएको उनले बताए ।

The man, surnamed Li (right), wears a cartoon costume to accept his lottery jackpot. Photo: Baidu

साउथ चाइना मर्निङ पोस्टका अनुसार लि नाम दिइएका यी व्यक्तिले गुआङ्क्षी जुआङ प्रान्तमा ८० युआनमा ४० वटा लट्री टिकट किनेका थिए । प्रत्येक टिकटमा त्यहि सातवटा नम्बर थिए । नानिङ इभनिङ न्युजको रिपोर्ट अनुसार सबै सातवटा नम्बर उनका लागि भाग्यशाली साबित भए । प्रत्येक चिट्ठामा ५.४८ मिलियन युआन पर्यो । यसको अर्थ उनलाई जम्माजम्मी २२० मिलियन युआन पर्यो ।

अक्टोबर २४ तारिखमा ती व्यक्ति गुआङ्क्षी वेलफेयर लट्री डिस्ट्रिब्युसन सेन्टरमा चिट्ठामा परेको पैसा लिन गए । लीले ५ मिलियन युआन च्यारिटीलाई दान पनि दिए । चेक हस्तान्तरण कार्यक्रममा लीले कार्टुन कस्टम लगाएका थिए । जित्ने व्यक्तिको पहिचान लुकाउने यो निकै उत्कृष्ट काइदा थियो ।

पैसा जितेपछि आफू निकै उत्साहित भएपनि आफ्नो उत्साह लुकाउन खोजेको र यसबारे आफ्नो परिवारसहित कसैलाई पनि नभनेको उनले बताए ।

‘मैले यसबारे मेरी श्रीमती र बच्चाबच्चीलाई भनेको छैन । उनीहरुले आफूलाई अन्य व्यक्तिभन्दा ठूलो ठान्ने हो कि, भविष्यमा राम्रोसँग नपढ्ने हो कि भन्ने पिर लाग्छ,’ उनले भने ।

लिले ५ मिलियन युआन च्यारिटीलाई दान दिएपनि ४३ मिलियन युआन करमा कटाएपछि १२१ मिलियन युआन (२४ मिलियन अमेरिकी डलर) अर्थात् ३ अर्ब बढी घर लिएर जानेछन् ।

उनले अक्टोबर २१ तारिख, शुक्रबारका दिन चिट्ठा परेको थाहा पाएका थिए ।

चिट्ठामा जितेको पैसा कसरी खर्च गर्ने भनेर सोधिएको प्रश्नमा उनले भने, ‘मैले यसबारे निर्णय गरिसकेको छैन । पैसा कसरी प्रयोग गर्ने भनेर योजना बनाउनेछु, यसका लागि केही समय लाग्नेछ ।’

चिट्ठाको रकमबारे श्रीमतीलाई केही जानकारी नदिएपनि उक्त रकममा श्रीमतीको पनि आधा हक लाग्ने उनले जानकारी दिएका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!