विश्वभरी छन् २० हजार खर्ब कमिला, कसरी गरियो होला गन्ती ?

Posted on: 28 Sep, 2022

एजेन्सी | तपाईंले कहिल्यै कमिलाको जनसंख्याबारे सोच्नुभएको छ ? कति कमिला पृथ्वीमा छन् त ? सायद यसबारे धेरैले सोच्नुभएको थिएन होला । सोच्नुभएको भए पनि अब वैज्ञानिकले धर्तीमा भएका कमिलाको जनसंख्याबारे पत्ता लगाएका छन् । लगभग गन्ती नै गरेका छन् । तर यिनीहरुको संख्या यति धेरै छ कि जिरो गन्दा गन्दै हालत खराब भइदिन्छ । तर अनुसन्धानले कमिलाको जनसंख्या अन्य जनावरको तुलनामा थुप्र्रै हजार वा लाखौँ गुणा बढी छ भन्ने पत्ता लागेको छ ।

Global Warming Is Reducing Insect Populations & Biodiversity – Merxwire

वैज्ञानिकले एउटा अनुसन्धान गरेको छ । जसमा गरिएको गन्तीका अनुसार विश्वभरी २० क्वाड्रिलियन कमिला छन् । सामान्य भाषामा भन्ने हो भने २० हजार खर्ब । संख्या र जिरो हेर्ने हो भने तपाईंहरु आफै गन्ती गर्नुहोस् । धर्तीमा २०,००,००,००,००,००,००,००० कमिला छन् । यी कमिलाले १.२० करोड टन ड्राई कार्बन बनाउँछन् । यति कार्बनले धर्तीमा भएका सबै पंक्षी र स्तनधारी जनावर सबैजना मिलेर पनि बनाउन सक्दैनन् । ड्राई कार्बनको तौल पृथ्वीमा भएका मानिसको तौलको पाँचौ हिस्सा हो ।

धर्तीलाई मानिसले चलाउँछन्, उनीहरुले नै प्रकृतिलाई सन्तुलित बनाउँछन् भनेर सोच्नुहुन्छ भने त्यो भ्रम आजैदेखि त्याग्नुहोस् । निकै वर्ष अघि चर्चित बायोलोजिस्ट एडवर्ड ओ विल्सनले किरा फट्याङ्ग्राको विषयमा कुराकानी गर्दै साना जीवले नै पूरा संसारलाई सञ्चालित गर्छन् भनेका थिए । कमिला प्रकृतिको निकै महत्वपूर्ण हिस्सा हुन् । यिनीहरुले माटोमा हावाको स्तर स्थापित गर्छन् । बिऊलाई यताउती लिएर जान्छन् । अर्गानिक पदार्थलाई तोड्ने काम गर्छ । जीवलाई बस्न लायक वातावरण सिर्जना गर्छ । यसबाहेक फूल चेनको महत्वपूर्ण हिस्सा हो ।

कमिलाका १५,७०० भन्दा बढी प्रजाति

कमिलाको जनसंख्या र यसले निकाल्ने ड्राई कार्बनको मात्राले पृथ्वीमा कति जलवायु परिवर्तन भइरहेको छ भनेर पत्ता लागेको छ । धर्तीमा कमिलाका १५,७०० प्रजाति र उप–प्रजाति छन् । कति त यस्ता प्रजाति पनि छन् जसलाई अहिले कुनै नाम दिइएको छैन । यसको सामाजिक संरचना, आपसी तालमेल, लयबद्ध तरिकाले काम गर्ने शैली र एक–अर्काप्रतिको चिन्ताले धेरै कुरा सिकाउँछ । यसले विश्वभरीको इकोसिस्टमलाई बनाउन र सन्तुलित गर्न मद्दत गर्छ ।


थुप्रै भाषामा लेखिएको अनुसन्धान पढियो

पृथ्वीमा कति कमिला छन् भनेर पत्ता लगाउन धेरै पटक कोसिस गरियो । तर सही तरिका र प्रमाणको अभावमा सही आँकडा पत्ता लगाउन सकिएको थिएन । वैज्ञानिकले गैर–अंग्रेजी साहित्यको पनि अध्ययन गरे । उनीहरुले स्पेनिस, फ्रेन्च, जर्मनी, रुसी, मेन्डेरिन र पोर्चुगाली भाषामा पनि दस्तावेजको अध्ययन गरे । जम्माजम्मी कमिलाको जनसंख्यामा गरिएको ४९८ शोधलाई वैज्ञानिकले पढेर कमिलाको गणना गरे ।

कमिला त विश्वको हरेक स्थानमा छन्, गन्ती गर्न मुश्किल

कमिला कसरी गन्ने त, समस्या यसमा थियो किनभने यो कुनै एक निश्चित स्थानमा त बस्दैन । यी जंगल, मरुभूमि, घाँसे मैदान, गाउँ–शहर जता पनि बस्छन् । यिनीहरुको स्याम्पल जम्मा गर्नु मुश्किल काम थियो । तर ४८९ शोधको अध्ययन गरेपछि गरिएको विश्लेषणपछि कमिलाको जनसंख्या निकाल्न सकिएको हो जुन पछिल्लो अनुसन्धानमा बताइएको जनसंख्याभन्दा २० गुणा बढी हो ।


यो शोध गर्नका लागि विश्वभरीका आधा दर्जन विश्वविद्यालय र वैज्ञानिक संस्थाका वैज्ञानिक एकजुट भए किनभने मानिसको जनसंख्यालाई सही राख्नु छ भने कमिलाको संख्या थाहा पाउन आवश्यक छ । कमिलाको गणनाले धर्तीमा भइरहेको ठूलो जलवायु परिवर्तनबारे पत्ता लगाउन सहज  छ । विश्वभरीका मानिसको व्यवहारका कारण किराको जनसंख्या लगातार कम भइरहेको छ, उनीहरुको बासस्थान मासिँदै छन् ।

– साइन्सअलर्ट

यस बिषयमा तपाइको प्रतिक्रिया...!