मोबाइल नम्बरको पाँचौं अंक ५ भए जागिर नपाइने ! के हो कारण ?

Posted on: 27 Sep, 2022

एजेन्सी | कर्मचारीको विज्ञापन आह्वान गर्दा विभिन्न योग्यता माग गरिन्छ, अनुभव, कार्यशैलीमा ध्यान दिइन्छ । 

चीनको एक शैक्षिक कम्पनीका प्रमुखले आवेदकको मोबाइल नम्बरको पाँचौं अंक ५ भएमा जागिर नपाइने शर्त राखेको पाइएको छ । यदि रोजगारी चाहिने भए पाँचौं अंक ५ नभएको अर्काे नम्बर प्रयोगमा ल्याउनुपर्नेछ ।


चिनियाँ जनविश्वासका अनुसार मोबाइल नम्बरको पाँचौं अंक ५ हुनु ‘ब्याड लक’ मानिन्छ । त्यसैले कम्पनीका प्रमुखले ५ अंकलाई नरुचाउने गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अनौठो शर्तपछि चीनमा अनलाइन बहस शुरू भएको छ । कतिपयले यसलाई अन्धविश्वास भनेका छन् भने कतिपयले यो कम्पनीको हितमा रहेको तर्क गरेका छन् । बहसमा एक जनाले लेखेका छन्, ‘मेरी आमाले मलाई फोनमा ० र ५ अंक नभए राम्रो हुने भनेकी छन्, त्यसैले मेरो नम्बरमा एउटा पनि ५ छैन ।’

मोबाइल नम्बरको पाँचौं अंक ५ भएमा कर्मचारी र प्रमुखबीच विवादको सम्भावना बढी हुने गरेको चिनियाँ ज्योतिष जिमेङजुङले बताएका छन् । सोही कम्पनीमा काम गर्ने एक कर्मचारीले प्रमुखले कर्मचारीले पानी पिएको पनि पैसा लिने गरेको दाबी गरेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!