मान्छेबाट कुकुर बन्न २० लाख खर्च

Posted on: 26 May, 2022

जेठ १२, काठमाडौँ | एजेन्सी | संसारमा यस्ता धेरै व्यक्ति छन् जो आफ्नो अनौठो काम गरेका कारण चर्चामा आउने गर्छन् । यस्तै एउटा अनौठो घटना जापानबाट आएको छ, जहाँ एक व्यक्तिको कुकुर बन्ने सोखले सबैलाई छक्क पारेको छ ।

टोको नामका जापानका यी मानिस अहिले कुकुर बनेका छन् । मानिसबाट कुकुर बनेपछि टोकोले सामाजिक सञ्जालमा एउटा तस्बिर सेयर गरेका छन् । जापानका यी व्यक्तिको बाल्यकालदेखि नै कुकुर भएर जीवन जिउने सपना थियो ।


जापानको एक व्यावसायिक एजेन्सी जेपेट कम्पनीले टोकोलाई कुली जातको कुकुरको नस्लमा परिणत गरिदिएको छ । उनले कुकुर बन्नलाई २० लाख जापानी येन खर्च गरेका छन् । उनले यति धेरै पैसा दिएर ठ्याक्कै कुकुरजस्तै देखिने पोशाक बनाएका छन् । यो पहिरनमा उनलाई चिन्न निकै गाह्रो पर्छ ।

पोशाक बनाउन करिब ४० दिन लाग्यो । मानिस र कुकुरमा धेरै भिन्नता भएकाले यो पोशाक बनाउन निकै मेहनत गरेको कम्पनीले जनाएको छ । टोको यो पोशाक लगाएपछि कुकुरजस्तै देखिन्छन् । उनले एक अन्तर्वार्तामा कुकुरकाे पाेशाकले हातखुट्टा चलाउन केही असहज हुने बताएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!