सुन्दर देखिनका लागि कुकुरको पिसाब पिउने गर्छिन् यी युवती

Posted on: 03 May, 2022

वैशाख २०, काठमाडाैं | युवतीहरु आफ्नो सुन्दरताको लागि केसम्म गर्लान् ? डाइटिङ गर्लान्, महँगो सामान प्रयोग गर्लान् । यी त सामान्य भए । तर अमेरिकाकी एक युवतीले सुन्दर देखिनको लागि कुकुरको पिसाब पिउने गर्छिन् । राम्री देखिनको लागि आफूले दैनिक कुकुरको पिसाब पिउने गरेको उनले बताएकी छिन् । 

लिन नाम गरेकी ती सुन्दरीलाई लामो समयदेखि धेरैजनाले उनको सुन्दरताको कारण सोधिरहेका थिए । त्यसको जवाफमा उनले आफूले दैनिक रुपमा कुकुरको पिसाब पिउने गरेको बताइन् । यसको प्रयोगले पिम्पलहरु नआउने र स्किनलाई चम्किलो राख्ने उनले बताइन् । लिनले पार्कमा लगेर कुकुरलाई पिसाब गराउने र त्यो जम्मा गरेर पिउने गरेकाे बताइन् ।           

अनुहार चम्किलो बनाउनको लागि उनले सधैँ आफ्नो कुकुरको एक कप पिसाब पिउने गर्छिन् । उनी भन्छिन्, ‘कुकुरको पिसाबबाट भिटामिन ए र भिटामिन ई र १० ग्राम क्यालसियम प्राप्त हुन्छ । यसले क्यान्सर रोग लाग्नबाट बचाउँछ ।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!