यी गर्भवती महिलाको पेट देखेर आश्चर्यमा परे मानिस

Posted on: 28 Jan, 2022

माघ १४, काठमाडौँ | एजेन्सी | आमा र बच्चाको सम्बन्ध दुनियाँमा सबैभन्दा अनमोल हुन्छ । ९ महिनामा कोखमा राखेर एक महिलाले बच्चालाई जन्म दिन्छिन् । गर्भमा बच्चालाई राखेर जन्माउँदा एउटी महिलाले  धेरै पीडा सहनुपर्छ । यस्तै, एउटी महिलाको विषयमा सामाजिक सञ्जालमा चर्चा भइरहेको छ । एउटा महिलाको पेट देखेर धेरै आश्चर्यमा परे । गर्भवती उक्त महिलाको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उक्त महिलाको पेटको आकार धेरै ठूलो भएकाले उनले झेल्नुपरेको मुश्किलका विषयमा पनि चर्चा भइरहेको छ । 

सामाजिक सञ्जालमा भाइरल भइरहेकी उक्त महिलाको नाम मिशेला मोर्सी हो । उनले सामाजिक सञ्जालमा गर्भवती भएको अवस्थाको तस्बिर र बच्चाको तस्बिर पनि सेयर गरेकी छिन् । उनले अपरेशनपछि ३ वटा बच्चालाई जन्म दिएकी छन् । 


मिशेलाले ३ वटा बच्चाको नाम चाल्र्स, थियोडोर र गेब्रियल राखेकी छन् । ३ वटा बच्चामध्ये २ वटा छोरीहरु छन् । उनले आफू गर्भवती भएदेखिको तस्बिरहरु सामाजिक सञ्जालमा सेयर गरिन् । जसले निकै चर्चा पायो । उनको करिब २.६७ लाख फलोअर्स पुगेका छन् । केही समयपछि उनले आफ्ना बच्चाका तस्बिरहरु पनि सेयर गरिन् । जसले धेरैको ध्यान खिच्यो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!