२२ वर्षीय केटाले सेल्फी बेचेरै कमाए करोडौँ

Posted on: 21 Jan, 2022

एजेन्सी | विश्वमा प्रत्येक व्यक्तिको सपना हुन्छ धनी बन्ने । उ आफूसँग घर, बंगला, गाडीसहितको सुखमय जिवन होस् भन्ने चााहन्छ । तर यस्तो चाहना धेरैको अत्यधिक मिहिनेत पश्चात् पूरा हुने गर्छ । तर कतिलाई भने यसमा भाग्यले पनि साथ दिने गर्छ । 

तीमध्ये एक हुन् इन्डोनेशियाका एक २२ वर्षीय विद्यार्थी । इन्डोनेशियाको सेमाराङ्गमा बस्ने सुल्तान गुस्ताफ अल घोजालीले पाँच वर्षको अन्तरालमा खिचेको आफ्नो सेल्फीबाट करोडौँ आर्जन गरेका छन् । कम्प्युटर विज्ञानका विद्यार्थी उनले करिब हजारवटा सेल्फी नन फन्जिबल टोकन्स (एनएफटी) नामको डिजिटल कलेक्टिबल्समा राखे र यसलाई ओपन सी मार्केटप्लेसमा बिक्रि गरिदिए । 

सुल्तानले १८ वर्षदेखि देखि २२ वर्षसम्म दैनिक आफ्नो कम्प्युटर अगाडि कुनै प्रतिक्रिया बिना बसेर वा उभिएर सेल्फी खिचे । त्यसपछि उनले आफ्नो ती फोटो एनएफटीमा परिणत गरे र विक्रिका लागि ओपनसीमा राखे । उनले आफ्नो प्रत्येक फोटोको मूल्य ३ डलर राखे । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!