२०२२ देखि शुरु हुँदैछ अन्तरिक्षमा नियमित उडान, हरेक बर्ष ४०० उडान हुने, कति पर्छ शुल्क ?

Posted on: 20 Jul, 2021

(एजेन्सी) | एलन मस्क, जेफ बेजोस र रिचर्ड ब्रेन्सन । यी तीन जनामा दुई कुरा समान छन् । पहिलो कुरा, यिनीहरु अरबपति हुन् र दोश्रो कुरा, यिनीहरुले स्पेस टूरिज्मलाई वास्तविकतामा रुपान्त्रण गरेका छन् । 

११ जुलाईमा ब्रेन्सनले ९० मिनेटमा अन्तरिक्षको यात्रा गरे । यसको ९ दिन पछि याने कि २० जुलाईमा संसारकै सबैभन्दा धनि व्यक्ति (अमेजनका मालिक) जेफ बेजोस १० मिनट अन्तरिक्षको यात्रामा जाँदैछन् । अरबपतिहरुको स्पेस रेसले आम मानिसको लागि अन्तरिक्षको ढोका खोलिदिनेछ । 


आज यहाँ यस सम्बन्धि जोडिएको इतिहाँससँग सम्बन्धित कुराहरु पढ्न सक्नुहुनेछ: 

१७ डिसेम्बर १९०३: विल्बर राइट र ओरविल राइटले एयरप्लेनबाट पहिलो सफल उडान गरेका थिए 

११ बर्ष पछि: १ जनवरी १९१४ मा पहिलो व्यवसायिक उडान भएको थियो 

१२ अप्रिल १९६१: युरी गागरिन अन्तरिक्ष जाने पहिलो व्यक्ति बने 

११८ बर्षपछि २०२१ मा: व्यवसायिक उडानको लागि खुल्यो अन्तरिक्षको ढोका 

११ जुलाई २०२१मा रिचार्ड ब्रेन्सनले पाँच जनासँग अन्तरिक्षको यात्रा गरेका थिए 

पृथ्वीबाट अन्तरिक्षको दुरी

- संसारको सबैभन्दा अग्लो उचाई - सगरमाथा (८.८४ किलोमिटर)

- व्यवसायिक उडान हुने अधिकतम उचाई (१०-१२ किलोमिटर)

- कारमन लाइन (जहाँबाट अन्तरिक्ष शुरु मानिन्छ)- १०० किलोमिटर  

- अन्तराष्ट्रिय स्पेस स्टेसन् रहने स्थान - ४०८ किलोमिटर 


अन्तराष्ट्रिय संचार माध्यमहरुको अनुसार अन्तरिक्ष यात्रा गर्न बिभिन्न तीन बिकल्प छ । जसमध्य सबैभन्दा सस्तो ग्यालेक्टिक मार्फत अन्तरिक्षमा पुग्न हुनेछ । ग्यालेक्टिक मार्फत अन्तरिक्षमा पुग्न तालिम, उडान र स्पेस सुट सहितको मूल्य करिव नेपाली रु ३ करोड खर्च लाग्नेछ । त्यस्तै ब्लु ओरिजन मार्फत अन्तरिक्षमा जान तालिम, उडान र स्पेस सुट सहितको मूल्य नेपाली करिव ६ करोड खर्च लाग्छ । त्यस्तै स्पेस एक्स मार्फत अन्तरिक्षमा जान करिव ६ अर्व ४० करोड शुल्क तिर्नुपर्छ । स्पेस एक्सको मूल्य महँगो पर्नुको कारण मिसन प्लानिङ, तालिम, लाइफ सपोर्ट, मेडिकल सपोर्ट र अन्तराष्ट्रिय स्पेस स्टेसनमा ८ दिनको बसाई सहित हुनेछ । 

मूल्य अनुसार उडानको विशेषता पनि फरक छन् । स्पेस एक्स निकै महँगो पर्नुको कारण अरु दुई उडान १०० किलोमिटर आशपासको उडान हो भने स्पेस एक्सको उडान अन्तराष्ट्रिय स्पेस स्टेसनसम्मको हो । जसको यात्रा ४ सय गुणासम्म टाढा छ साथै ८ दिनसम्म अन्तरिक्षमै बस्ने समेत पाइन्छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!