वीरगन्जमा एक महिलाले जन्माइन तिम्ल्याह सन्तान

Posted on: 10 Dec, 2020

मंसिर २५, वीरगन्जमा | वीरगन्जमा महानगरपालिका लक्षमणवा स्थित रहेका तराई अस्पतालमा एक महिलाले एक साथ ३ वटा सन्तानलाई जन्म दिएका छिन । रौतहट बन्कुलटोल की २२ वर्षीय अनिता देवीले एक्कै साथ २ छोरा र एक छोरी गरी ३ जना बच्चालाई  जन्म दिएकी हुन् |


एक,एक,मिनटको फरकमा ३ वटै बच्चाको जन्म भएको अस्पतालका चिकित्सक डा. तरन्नुम खातुनले जानकारी दिए | जन्म लिएका बच्चाहरु मध्ये २ जना बालक र एक जना बालिका रहेकालाई अस्पतालबाट विशेष सुविधा दि तिनै जनालाई आईसियु कक्षमा राखिएको छ । 


बच्चाहरु जनम लिंदा पहिलो बच्चाको वजन एक किलो ७ सय ग्राम, दोश्रो एक किलो ९८० ग्राम र तेश्रो बच्चा एक किलो ६ सय ग्राम रहेको अस्पताल का प्रशासन प्रमुख शीव शंकर पटेलले बताए |

 ३ वटा बच्चा जन्म दिएकी आमा अनिता देवीका श्रीमान र उन्का आफन्तहरु ३ वटै बच्चाहरु सकुसल भएको देखेर हर्षित भएका छन् । अस्पताल श्रोतका अनुसार जन्मीएका बच्चाहरुको शारिरीक अवस्था पूर्ण रुपमा स्वस्थ्य रहेको छ |


यस बिषयमा तपाइको प्रतिक्रिया...!