बैतडीमा अनौठो शिशु जन्मियो

Posted on: 08 Dec, 2020

मंसिर २३, बैतडी | बैतडीमा अनौठो शिशुको जन्म भएको छ | जिल्लाको सुर्नाया गाउँपालिका -५ मडकी २१ वर्षीया गिता विकले पहिलो सन्तानको रुपमा मलद्धार र ओठ नभएको अनौठो बच्चाको जन्म दिएकी हुन। 

९ महिनामा जन्मेको उक्त शिशुको माथिल्लो ओठ फाटेको र मलद्धार नभएको रौलेश्वर स्वास्थ्य चौकीका अहेव कमल सिंह विष्टले बताए। 

आर्थिक अभावका कारण शिशुको उपचारमा समस्या भएको बताइएको छ। सोमबार साँझ ४ बजेतिर जन्मिएको शिशुलाई आर्थिक अभावका कारण घरमै राखिएको छ। परिवारले सहयोगका लागि अपिल गरेका छन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!