महिनावारी जाँच्न छात्रालाई अण्डरवेयर खोल्न लगाएपछि...

Posted on: 19 Feb, 2020

फागुन ७, एजेन्सी | भारतको गुजरात स्थित एक कलेजले महिनावारी भए नभएको जाँच्न भन्दै छात्राहरूलाई कपडा खोल्न लगाएको छ | जरातको भुजस्थित सहजानन्द गर्ल्स कलेजका ६८ जना छात्रालाई अन्तरवस्त्र खोल्न दबाव दिइएको समाचार एजेन्सी एएनआईले जनाएको छ |

बिहिबार भएको उक्त घटनामा किशोरीहरूलाई होस्टेल रेक्टर अञ्जलिबेन र अर्की महिला शिक्षिकाले बाथरुममा लाइन लगाएर अण्डरवेयर खोल्न भनेका थिए। महिला रेक्टरले प्रिन्सिपल रिता रनिङ्गा समक्ष ’किशोरीहरूले महिनावारी नबार्ने र महिनावारी भएका बेलामा पनि भान्सामा छिरेर धार्मिक मान्यता उल्लंघन गर्ने गरेको’ गुनासो गर्दै आएकी थिइन् |

होस्टेलको नियम नमानेको भन्दै गालि गरेको र प्रिन्सिपललाई  डाकेर गालि गर्न लगाएको विद्यार्थीको गुनासो छ | प्रिन्सिपलले क–कसलाई महिनावारी भएको छ? भनेर सोधिन’, छात्रामध्येकी एक दुर्गा (नाम परिवर्तन)ले भनिन, ’हामीमध्ये महिनावारी भएका दुईजना अलग्गिएर अर्कातिर सर्यौँ |

त्यसपछि सबैलाई लाइन लगाएर बाथरुम लगिएको बताइएको छ | अञ्जलीबेन र अर्की महिला शिक्षिकाले अण्डरवेयर खोल्न लगाएको ति छात्राको भनाई छ | उक्त घटना प्रकाशित भएपछि चारैतिर आलोचना भएको छ |’आधुनिक, वैज्ञानिक र मूल्यमान्यतामा आधारित शिक्षा पद्धतिमार्फत आत्मविकास तथा शशक्तिकरण’ नारा भएको शिक्षालयमा यस्तो घटना हुनुलाई धेरैले लज्जास्पद भएको तर्क गरेका छन् |

अहिलेसम्म प्रहरीमा कुनै उजुरी परेको छैन। कलेज प्रशासनले अभिभावकलाई डाकेर ’इमोसनल ब्ल्याकमेल’ गरेकाले प्रहरीमा उजुरी नदिइएको एक छात्राले बताइन | घटनाबारे विद्यालयले भने कुनै प्रतिक्रया दिएको छैन | ’कलेज हातामा लक्ष्मीनारायणको मन्दिरसमेत भएकाले छात्राहरूलाई लक्ष्मीनारायण सम्प्रदायको नियम मान्न भनिएको थियो |' एक शिक्षिकाले भनिन | स्वामीनारायण सम्प्रदायमा महिनावारी भएका महिलालाई मन्दिर र भान्सामा छिर्न बन्देज गरिएको छ | उक्त क्षेत्रमा महिनावारी भएका बेला अरुलाई छुन नहुने मान्यता रहेको छ | होस्टेलमा बस्ने  ६८ जनालाई महिनावारी भए–नभएको परीक्षण गर्न अण्डरवेयर उतार्न भनिएको बताइएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!