घुर्बिसे गोल्डकपको उपाधी फाक्तेपलाई

Posted on: 25 Nov, 2018

कमल घिमिरे।मंसिर ९।पाँचथर, फाल्गुनन्द गाउपालिकाको केन्द्र घुर्बिसे  पञ्चमिमा सम्पन्न घुर्बिसे पञ्चमि गोल्डकप फुटवल प्रतियोगिताको उपाधि फाक्तेप खेलकुद परिषदले जितेको छ ।

शनिबार सम्पन्न भएको फाइनल खेलमा सुर्यद्धय आदर्श क्लव राँकेलाई पराजित गर्दै फाक्तेपले उपाधि हात पारेको हो । प्रतिसप्रर्धात्मक खेलमा राँके विरुद्ध १–० को कठिन जित दर्ता गर्दै फाक्तेपले उपाधि हात पारेको हो । विजेता फाक्तेपले आकर्षक ट्रफि सहित नगद १ लाख २ हजार २ सय २२ रुपैँया हात पार्दा उपविजेता बनेको राँकेले  ट्रफिसहति ५६ हजार पाएको छ ।

     प्रतियोगितामा उत्कृष्ट गोल रक्षक, सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी क्रमशः बिजेता टिमका सर्जन लिम्बु, दिपेश बर्देवा, सुवास लिम्बु र फेयर प्ले टिम फाइब स्टार आङ्सराङ भएको आयोजक सँस्थाका सचिव बिनोद आङदेम्बेले जानकारि दिनुभयो । वर्षेनी सञ्चालन हुदैं आएको गोल्डकपको यस वर्षको सँस्करणमा पाँचथर र इलामका २० टिमले सहभागिता जनाएका थिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!