पर्यटन बिकासका लागि गोल्डकप हुने

Posted on: 15 Oct, 2018

कमल घिमिरे।असोज २९। पाँचथर ।स्थानिय स्तरको पर्यटन प्रवद्र्धनको लागि पाँचथरको कुम्मायकमा कुम्मायक गोल्डकप फुटवल प्रतियोगिता हुने भएको छ ।

   स्थानिय कुम्मायक–४ मा रहेको पृथ्वी माविको खेल मैदानमा आगामि कातिक ९ देखि १५ गते सम्म प्रतियोगिता सञ्चालन हुन लागेको हो । प्रतियोगितामा पाँचथर जिल्लाका एक नगरपालिका र सातवटा गाउपालिका गरि आठ टिमले सहभागिता जनाउने आयोजक कुम्मायक स्र्पाेटिङ क्लवले सोमबार फिदिममा पत्रकार सम्मेलन  गर्दै जानकारि गराएको छ । करेण्ट चाउचाउको मुख्य प्रायोजन रहने प्रतियोगिताको विजेताले नगद एक लाख ११ हजार सहित ट्रफि पाउनेछ भने दोस्रो हुने टिमले नगद ५५ हजार सहित ट्रफि पाउने आयोजकले जनाएको छ ।

यस्तै विधागत तर्फ वेष्ट किपर, सर्वाधिक गोलकर्ता, राईजिङ स्टारलाई जनहि ५ हजार र उत्कृष्ट खेलाडिलाई नगद १० हजार पाउनेछ । प्रतियोगिता सम्पन्न गर्न २० लाख ९६ हजार ६ सय ६६ रुपैया लाग्ने र त्यसका लागि कुमायक गाउँपालिकाले ४ लाख रुपैया प्रदान गरेको छ । बाँकी रकम उद्यमी,ब्यवसायि तथा संघ संस्था बाट जुटाउने आयोजकको तयारी छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!