उषा बालबाटिकालाई प्याप्सन कप क्रिकेटको उपाधि

Posted on: 01 Jan, 2018

पुस १७, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न प्याप्सन कप टि–ट्वेन्टी क्रिकेटको उपाधि उषा माध्यामिक विद्यालयले हात पारेको छ । 

निकै रोमाञ्चक बनेको फाईनल खेलमा सुर्खेत होराईजन एकेडेमीलाई १५ रनले हराउँदै उषाले सन्सनीपूर्ण जित हासिल गरेको छ ।

स्थानीय कालुङचोक मैदानमा टस जितेर पहिले व्याटिङ गरेको उषाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८५ रन बनाएको थियो ।उषाका लागी प्रबेश खानले १७ र दिपक थापाले १५ रन बनाउँदा होराईजनका सुमित माझी,ज्ञानबहादुर मास्की र पुष्पराज सुवेदीले २÷२ विकेट लिए ।


जवाफमा ८६ रनको लक्ष्य पछयाउँदै व्याटिङ गरेको होराईजनले निर्धारित ओभरमा ७ विकेट गुमाएर ६७ रनमा समेटिएको हो । उषाका दिपक थापा र सरोज कोईरालाले २÷२ विकेट लिन सफल भए ।बलिङमा उत्कृष्ठ प्रर्दशन गरेर सामान्य स्कोरको अवस्थामा रोक्न सफल भएपनि व्याटिङमा जम्न नसक्दा होराईजन नतिजा सुम्पन बाध्य भयो ।

खेलमा अन्तिमतिर ३० बलमा ३५ रन चाहिएपनि होराईजनका व्याट्स म्यानलाई उषाका बलरले खुलेर खेल्न नदिदा खेल आफनो पक्षमा पार्न सफल भयो ।फाईनलमा म्यान अफ दि म्याच उषाकै दिपक थापा भए । 

प्रतियोगितामा बिजेता र उप–बिजेता टिमलाई यही २४ गते प्याप्सन डे को अवसरमा ट्रफि,मेडल र प्रमाणपत्र दिईने प्याप्सन सुर्खेतका अध्यक्ष बेदप्रकाश ढकालले बताए ।

यस्तै बेस्ट व्याट्स म्यान, बलर र म्यान अफ दि सिरीजलाई पनि २४ गते ट्रफि प्रदान गरिने उनको भनाई छ । यस्ता प्रतियोगिताले सुर्खेतको क्रिकेटको बिकासमा महत्वपूर्ण टेवा पुग्ने जिल्ला क्रिकेट संघका सचिव प्रकाश भुषालले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!