चालिस नाघेकाहरुविच बराहतालमा घम्साघम्सी

Posted on: 27 Dec, 2017

दलसिंह गिरी/पुस १२, सुर्खेत । उमेरले चालिस नाघेका बराहताल गाउपालिकाका स्थानीय बासिन्दा विच घम्साघम्सी भएको छ । 

खेलप्रति औधीरुची भएका तर उमेर र पारिवारी ब्यस्थताले खेलकुद क्षेत्रमै लाग्न नसकेका बयस्क युवाहरु विच खेलकुद प्रतियोगितामा घम्साघम्सी भएको हो । 


लखरपाटा युवा क्लवको आयोजनामा आयोजित भलिवल र फुटबल खेल प्रतियोगितामा बराहताल गाउपालिकाका बयस्क युवाहरुले भाग लिएका छन् । भलिबलका लागि ४५ बर्ष भन्दा माथिका र फुटबलका लागि ४० बर्ष भन्दा माथिकाहरुले खेलमा भाग लिन पाउने खेलको नियममै बनाई आयोजना गरिएको प्रतियोगितामा भलिबल तर्फ २ समुह र फुटबल तर्फ ४ टिमले भागलिएका छन् । 

रुइनीया डाँडा सामुदायिक बन उपभोक्ता समितिको प्रायोजनमा १२ गतेबाट उद्घाटन गरिएको खेल १४ गते सम्म संचालन हुने आयोजकले जनाएको छ । आयोजक क्लवका अध्यक्ष दिल बहादुर सारुको अध्यक्षता, बराहताल गाउपालिका वडा नं. ५ का अध्यक्ष तिलक बहादुर मस्यांघी मगरको प्रमुख आथित्यतामा उद्घाटन गरिएको खेलमा भविलबल र फुटबल तर्फ प्रथम हुनेलाई १० हजार दोश्रो हुनेलाई ५ हजार, तेश्रो हुनेलाई १ हजार ५ सय र शान्तोना हुनेलाई ७ सय नगद पुरस्कार राशीको ब्यवस्था गरिएको आयोजनकले जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!