फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) छाड्दै सर्जियो रामोस

Posted on: 03 Jun, 2023

जेठ २०, काठमाडौं | प्रभावशाली स्पेनिस डिफेन्डर सर्जियो रामोसले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) छाड्ने घोषणा गरेका छन् । रामोस यो सिजन पीएसजी छाडने दोस्रो महत्वपूर्ण खेलाडी हुन् ।

यसअघि अर्जेन्टिनी स्थार लियोनल मेसीले पीएसजी छाड्ने निश्चित भइसकेको छ । रामोसले शुक्रबार राति सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै भने ‘भोलि मेरा लागि विशेष दिन हुनेछ । म आफ्नो खेल जीवनको अर्को अध्याय सुरु गर्दैछु । म पीएसजीबाट बिदा हुँदैछु,’ ।

३७ वर्षीय रामोस सन् २०२१ मा पीएसजीमा आबद्ध भएका थिए । उनले हालसम्म पीएसजीबाट ५७ खेल खेलेका छन् । पीएसजीमा रहँदा उनले दुई पटक घरेलु लिग फ्रेन्च लिगको उपाधि जितेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!