उज्वेकिस्तानलाई पराजित गर्दै भारत काभा महिला भलिबलको फाइनलमा

Posted on: 26 May, 2023

जेठ १२, काठमाडौँ | उज्वेकिस्तानलाई ३-० को सोझो सेटमा पराजित गर्दै भारत जारी काभा महिला भलिबल च्यालेन्ज कपको फाइनल प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा सम्पन्न पहिलो सेमिफाइनलमा उज्वेकिस्तानलाई हराएको भारतले अब उपाधिका लागि नेपाल र काजकिस्तानबीचको विजेता टिमसँग खेल्नेछ ।

पहिलो सेट २५-१७ ले आफ्नो पक्षमा पारेको भारतले परतिस्पर्धात्मक दोस्रो सेटमा २५-२० ले उज्बेकिस्तानलाई पछि पार्यो । र, तेस्रो सेटमा २५-१५ को सहज जित निकाल्दै फाइनल यात्रा तय गर्यो ।

समूह एको उपविजेताको हैसियतमा उज्वेकिस्तान सेमिफाइनल पुगेको थियो । यस्तै भारत समूह ए को बिजेताको रूपमा सेमिफाइनल पुगेको हो ।

पराजित उज्वेकिस्तानले अब तेस्रो स्थानका लागि नेपाल र काजकिस्तानबीचको खेलमा पराजित टिमसँग शनिबार प्रतिस्पर्धा गर्नेछ । जेठ ८ देखि सुरू भएको प्रतियोगितामा नेपालसहित आठ राष्ट्रको सहभागिता रहेको थियो । र, हरेक ४ राष्ट्रलाई २ समूहमा विभाजन गरिएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!