लखनउलाई ८१ रनले हराउँदै मुम्बई दोस्रो क्वालिफायरमा

Posted on: 25 May, 2023

जेठ ११, काठमाडौं | इन्डियन प्रिमियर लिग (आईपीएल) टीट्वान्टी क्रिकेटको बुधबार राति भएको इलिमिनेटर खेलमा मुम्बई इन्डियन्सले लखनउ सुपर जाइन्ट्सलाई ८१ रनको फराकिलो अन्तरले हराएको छ ।

जितसँगै मुम्बई प्रतियोगिताको दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । लखनउ भने उपाधि होडबाट बाहिरिएको छ । 

टस जितेर पहिलो ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ८२ रन बनायो । जवाफी ब्याटिङमा लखनउले भने १६.३ ओभरमै १०१ रन बनाएर अलआउट भए |

लखनउका लागि मार्कुस स्टोइनिसले सर्वाधिक ४० रन बनाए । ओपनर काइली मायर्सले १८ र दिपक हुदाले १५ रन जोडे । लखनउका अन्य ब्याट्सम्यानले दोहोरो सँख्यामा रन बनाउन सकेनन् ।

मुम्बईको जितमा आकाश मधवाल नायक बने । उनी एक्लैले ३.३ ओभरमा ५ रन दिदै ५ विकेट लिए । 


पियुष चावला र क्रिस जोर्डनले पनि १÷१ विकेट लिए । 

त्यस्तै पहिलो ब्याटिङ गरेको मुम्बईका लागि क्यामरुन ग्रिनले ४१ रन बनाएका थिए । सूर्यकुमार यादबले पनि ३३ रन भने तिलक बर्माले २६ र नेहाल बधेराले २३ रन बनाएका थिए । ओपनर इशान किसनले पनि टोलीको खातामा १५ रन बनाएका थिए । लखनउका बलर नविन उल हकले ४ विकेट र यश ठाकुरले ३ विकेट लिए । 

अब मुम्बईले प्रतियोगिताको दोस्रो क्यालिफायरमा गुजरात टाइटन्सको सामना गर्नेछ । उक्त खेलमा विजयी हुने टोलीले चेन्नई सुपर किङ्ससँग उपाधिका लागि भिडन्त गर्नेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!