पिसाब नलीमा रबर बाँध्ने महिलाविरुद्ध मुद्दा दर्ता !

Posted on: 16 Jan, 2022

माघ २, काठमाडौँ | ओछ्यानमा पिसाब गरेको भन्दै पिसाब नलीमा रबरले बाँधिदिने होस्टलकी कर्मचारीमाथि मुद्दा दायर भएको छ । प्रहरी प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय कास्कीले शुक्रबार होस्टलकी कर्मचारी जानुका नेपालीमाथि कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको हो । 

जिल्ला सरकारी वकिल कार्यालय कास्कीकाअनुसार होस्टलकी कर्मचारी जानुका नेपालीमाथि ५० हजार रुपैयाँ जरिवाना र एक वर्ष कैद सजायको मागदाबी गर्दै मुद्दा दर्ता गरिएको हो । २४ दिन लामो अनुसन्धानपछि जानुकाले ६ वर्षीय बालकलाई यातना दिएको पुष्टी भएको भन्दै उनीमाथि मुद्दा दर्ता भएको हो । 

सरकारी वकिल कार्यालयकाअनुसार परिवर्तित नाम २०७८(४७) को जाहेरीका आधारमा नेपाल सरकार वादी भएर प्रतिवादी जानुका नेपालीविरुद्ध मुद्दा दायर भएको हो । उनीमाथि बालबालिकाविरुद्धको कसुर गरेको अभियोगमा मुद्दा दर्ता गरिएको हो । 



यस बिषयमा तपाइको प्रतिक्रिया...!