श्रीमती करणी गरेको अभियोगमा पत्रकार पक्राउ !

Posted on: 28 Jun, 2022

असार १४, सोलुखुम्बु | सोलुखुम्बुमा ‘वैवाहिक बलात्कार’को आरोपमा एक पत्रकार पक्राउ परेका छन् । गोरखा पालुङटार स्थायी घर भइ हाल सोलुखुम्बुमा पत्रकारिता गर्दै आएका उनी गत शुक्रबार जिल्लाकाे सदरमुकाम सल्लेरीबाट पक्राउ परेका प्रहरी नायब उपरीक्षक सुनीलजङ्ग शाहले जानकारी दिए । ‘उहाँ गत शुक्रबार पक्राउ पर्नुभएकाे हाे,’ शाहले  भने, ‘श्रीमतीकाे उजुरीपछि उहाँलाई पक्राउ गरिएकाे हाे ।


उजुरीमा आफूमाथि पटक-पटक जबरजस्ती करणी भएकाे उल्लेख गरिएकाे शाह बताउँछन् । शाहले थपे, ‘उजुरी पटक-पटक आफूमाथि करणी भएकाे उहाँकी श्रीमतीले खुलाउनुभएकाे छ । उहाँ पत्रकार भन्ने खुलेकाे छ । हामीले साेधखाेज गर्दाखेरी उहाँले क्रिएसन नेपाल नामक अनलाइन चलाउनुहुन्छ भन्ने कुरा खुल्याे ।’

उनीमाथि गत आइतबार जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान शुरू भएकाे छ । तर, आरोपितले भने झुटो आरोपमा आफूलाई याेजनाबद्धरूपमा फसाउन खाेजिएकाे दाेहाेर्‍याइरहेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!