बोलेरो जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, ११ घाइते

Posted on: 05 Mar, 2023

फागुन २१, ओखलढुङ्गा | ओखलढुङ्गामा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । चिशङ्खुगढी गाउँपालिकाबाट ओखलढुङ्गाको सदरमुकाम जाँदै गरेको बोलेरो जीप  दुर्घटना भएको हो ।

मृत्यु हुनेमा  चिशङ्खुगढी–३ का ७० वर्षीय भक्तबहादुर थापा र ५२ वर्षीय मीनबहादुर श्रेष्ठको रहेको ओखलढुङ्गाका प्रमुख प्रहरी नायब उपनिरीक्षक दीपक केसीले जनाएका छन् । दुर्घटनामा परी ११ घाइते भएका छन् भने तीमध्ये केहीलाई उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ पठाइएको चिशङ्खुगढी गाउँपालिकाका अध्यक्षले बताए । 

पाँच जना यात्रु बोक्ने क्षमता भएको बोलेरोमा १३ जान सवार थिए । क्षमताभन्दा बढी यात्रु बोकेका कारण बालेरो अनियन्त्रित भइ दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!