रेष्टुरेन्टको ६ तलामाथिबाट खसेर माधवकुमार नेपालका भाइ सरोजकुमारको निधन

Posted on: 04 Mar, 2023

फागुन २०, काठमाडौं | एकीकृत समाजवादीका नेता सरोजकुमार उपाध्यायको निधन भएको छ । उनी एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालका भाइ समेत हुन् ।

सरोजकुमार उपाध्याय शनिबार शंखमुलस्थित एक रेष्टुरेन्टको ६ तलामाथिबाट खसेका थिए । एकीकृत समाजवादीका उपमहासचिवका अनुसार उनलाई तत्काल उद्दार गरेर सिभिल अस्पताल लगिएको थियो ।

त्यहाँबाट उनलाई अन्नपूर्ण अस्पताल लगिएको महानगरीय प्रहरी परिसर, काठमाडौंका एसएसपी दानबहादुर कार्कीले जानकारी दिए | 

यस बिषयमा तपाइको प्रतिक्रिया...!