‘कोशी प्रदेश’ नामाकरणपछि आज सार्वजनिक बिदा

Posted on: 02 Mar, 2023

फागुन १८, काठमाडौँ | प्रदेश नं १ सभाबाट प्रदेशको नाम ‘कोशी प्रदेश’ राखिएको अवसरमा आज सार्वजनिक बिदा घोषणा गरिएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट जारी सूचनामा सम्पूर्ण प्रदेशका बासिन्दालाई बधाई ज्ञापन गर्दै प्रदेशभित्रका सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थामा आज सार्वजनिक बिदा दिने निर्णय गरिएको उल्लेख गरिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!