आफ्नै तीन वर्षीया छोरीको हत्या गरेको अभियोगमा पक्राउ

Posted on: 02 Mar, 2023

फागुन १८, काठमाडौँ | तीन वर्षीया आफ्नै छोरीको हत्या गरेको अभियोगमा बाबुलाई प्रहरीले पक्राउ गरेको छ । छोरी अरिसा दिनको हत्या गरेको अभियोगमा बाबु सायर दिनलाई प्रहरीले पक्राउ गरेको हो ।

बागलुङ नगरपालिका १२ अमलाचौर घर भई जैमिनी नगरपालिका ४ सर्कुवा बस्ने २० वर्षीय सायरलाई प्रहरीले पक्राउ गरेको छ ।

सायरले ढुङ्गाले टाउकोमा प्रहार गरी आफ्नै छोरीको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!