आजको मौसम: मेघगर्जनसहित वर्षाको सम्भावना

Posted on: 02 Mar, 2023

फागुन १८, काठमाडौँ | आज प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना छ । 

प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार हाल मुलुकमा पश्चिमी वायुको सामान्य प्रभाव रहनुका साथै स्थानीय वायुको आंशिक प्रभाव छ । आज राति पनि प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!