निजामती र सार्वजनिक सेवाका कर्मचारीलाई खाजा समय आधा घण्टामात्रै

Posted on: 02 Mar, 2023

फागुन १८, काठमाडौं | सरकारले निजामती र सार्वजनिक सेवाका कर्मचारीहरुलाई कार्यालय समयमा खाजा खाने (१:३० देखि २ बजे सम्म) आधा घण्टा समय तोकेको छ ।

सार्वजनिक विदा र विदाका दिन कार्यालय खोल्ने प्रस्तावमा कर्मचारीहरुलाई खाजा सम्बन्धी व्यवस्था समेत थपिएको हो । गत सोमबार मन्त्रिपरिषदबाट निर्णय भएको प्रस्तावमा भनिएको छ, ‘खाजा समय– दिउँसो १:३० देखि २ बजेसम्म ।’

यसअघि सरकारी कार्यालयहरुमा खाजा खाने समयमा एकरुपता नभएको र कतिपय कार्यालयका कर्मचारीहरुले खाजा खाने समयको निउपरि एक घण्टासम्म काम नगरेको भनी आलोचना हुने गरेको थियो ।

त्यसैलाई सम्बोधन गर्दै सरकारले खाजाको समय र अरु विदाहरुको व्यवस्थापन गरेको हो । यो निर्णय राजपत्रमा प्रकाशित भएपछि मात्र कार्यान्वयन हुनेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!