काठमाडौँका एमाले नेता जङ्गलमा झुन्डिएको अवस्थामा फेला

Posted on: 24 Feb, 2023

फागुन १२, काठमाडौं | नेकपा एमालेका काठमाडौँका जिल्ला सदस्य पुण्यप्रसाद चौलागाई मृत फेला परेका छन् । शुक्रवार काठमाडौँको साँखुमा रहेको सलम्बुटारको जङ्गलमा झुन्डिएको अवस्थामा फेला परेको र थप अनुसन्धान भइरहेको साँखु प्रहरीले जनाएको छ । 

उनी २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा एमालेका तर्फबाट गोकर्णेश्वर नगर प्रमुखको उम्मेदवार बनेका थिए । सिन्धुपाल्चोकको भोटेचौर घर भएका उनी पछिल्लो समय काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा बस्दै आएका थिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!