दुई घण्टा लामो संवादपछि बालुवाटारबाट बाहिरिए ओली, अझै मिलेन कुरो

Posted on: 22 Feb, 2023

फागुन १०, काठमाडौं | नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट बाहिरिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका ओली दुई घण्टा लामो संवादपछि बाहिरिएका हुन् ।

स्रोतका अनुसार प्रचण्ड–ओलीबीच राष्ट्रपति निर्वाचनको विषयमा छलफल भएको छ । उनीहरुबीच राष्ट्रपतिको उम्मेदवारको विषयमा छलफल भएपनि दुवैले आ–आफ्नो अडान नछाड्दा छलफल निष्कर्षविहीन बनेको बताइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!