जर्बजस्तीको आरोप लागेपछि वडा अध्यक्ष फरार

Posted on: 22 Feb, 2023

फागुन १०, दार्चुला | जबरजस्ती करणीको आरोपमा पक्राउ पूर्जी जारी भएपछि दार्चुलाका एकजना वडा अध्यक्ष फरार भएका छन् ।

 जर्बजस्ती करणीको आरोप लागे लगत्तै मालिकार्जुन गाउँपालिका–३ का वडा अध्यक्ष मदनसिह धामी फरार भएका हुन् । फरार धामीले सोही गाउँपालिकाका महिलालाई गत २० माघमा राती घरमा गएर जर्वजस्ती गरेको भन्दै गत शुक्रवार पीडित महिलाले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिइन् । 

सोही जाहेरीको आधारमा प्रहरीले उनलाई पक्राउ गर्न खोज्दा फरार भएको बताइएको छ । फरार धामीको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!