पोखरामा बस दुर्घटना, घाइतेहरूलाई अस्पताल लगिँदै

Posted on: 19 Feb, 2023

फागुन ७, पोखरा ।  पोखराको बेगनास-पोखरा सडकखण्डमा बस दुर्घटना भएको छ ।

करिब ४५ जना सवार रहेको ग २ ख ६७४७ नम्बरको बस डाँडाको नाक प्रहरी चौकीनजिकै शिशुवा नजिकै दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

कास्की प्रहरीका निरीक्षक ज्ञान खड्काका अनुसार बेगनासतालबाट पोखरातर्फ आउँदै गरेको बस सडकमा पल्टिएको हो ।

दुर्घटनास्थलबाट अहिले घाइतेको उद्धार गरी अस्पताल पठाउने काम भइरहेको उनले बताए । उनका अनुसार घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!