पोखराको केदारेश्वर महादेवमणि मन्दिरमा यसरी मनाउदै महाशिवरात्रि पर्व (फोटोफिचर)

Posted on: 18 Feb, 2023

फागुन ६, पोखरा | पोखरा–६ बैदामस्थित केदारेश्वर महादेवमणि मन्दिरमा शिव लिङ्गमा गाईको दूध र जल चढाउन दर्शनार्थीको घुइँचो लागेको छ ।


महाशिवरात्रि पर्वको अवसरमा केदारेश्वर महादेवमणि मन्दिरमा दर्शनार्थीको बिहान ४ बजेदेखि नै भीड लागेको केदारेश्वर महादेवमणि मन्दिर व्यवस्थापन समितिका महासचिवले बताउनुभयो । महाशिवरात्रि पर्वमा सहज एवं छिटो दर्शन गर्ने व्यवस्था मिलाइनुका साथै सुरक्षाकर्मी र स्वयंसेवकको टोली परिचालन गरिएको छ । मन्दिरमा लाइन बसेको आधा घण्टाभित्र दर्शन गरिसक्ने गरी व्यवस्था मिलाइएको छ ।

केदारेश्वर महादेवमणि मन्दिरमा शिव लिङ्गमा गाईको दूध र जल चढाउन भक्तजनको भीड लागेको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!