युटुवमा जथाभावी बोल्ने डिल्लीराम खनाल पक्राउ

Posted on: 17 Feb, 2023

फागुन ५, काठमाडौँ । युटुबमा जथाभावी बोलेर अरुको चरित्र हत्या गर्दै हिडेको आरोपमा नेपाल प्रहरी साइवर व्युरोले डिल्लीराम खनाललाई पक्राउ गरेको छ । 

सामाजिक सञ्जालमार्फत महिलालाई हिंसा हुने गरी अभिव्यक्ति दिएपछि उनलाई पक्राउ गरेर अनुसन्धान थालिएको एसएसपी नविन्द अर्यालले बताए ।

नायिका करिस्मा मानन्धरले आफूलाई ‘डिजिटल भायोलेन्स’ गरेको भन्दै साइबर ब्यूरोमा किटानी जोहरी दिएकी थिइन् । एक युट्युब च्यानलसँगको अन्तरवार्तामा खनालले करिस्माको निजी जीवनबारे टिप्पणी गरेका थिए।


विद्युतीय कारोबार ऐन, २०६३ अनुसार म्याद थप गरेर विस्तृत अनुसन्धान थालिने एसएसपी अर्याल बताउँछन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!